तीन वटा वडामा एउटै सचिव, सेवाग्राही मर्कामा

न्यूज डेस्क     २०७९ चैत्र २९, बुधबार १९:१८ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वटा वडामा सेवा दिनुपर्ने बाध्यता छ। एउटा वडा सचिवले फरक फरक वडामा सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने गरेको वडाका वडा सचिवकाे भनाइ छ ।

२०७२ सालदेखि १,२,३,र १२ वडा समहालदै आएको छु वडा सचिव सेवाग्राहीकाे कामकाे चाप परेपछि कहिले त वडामा समस्या १२ वडाकाे पनि कामकाज यही चैत ८ गते छाडिएको छु । कामको चाप बढेपछि पानी पिउन पनि कठिनाइ हुदै रहेको बताए । जति हाकिम आए मैले माैखिक पहिलोपल्ट भने र सुन्निने भने म लिखित दिएर पठाएको छु । सबैला नगरपालिकामा म एकल नै कर्मचारी म नै पिडीत छु सबै सचिव मध्य तर पनि काम गर्दै आएको छु वडा सचिव कामेशवर महासेठले थपे मेराे काम चाहिँ म जसाेतसाे गरिरहेका हु ।

एउटै सचिवले तीन वटा वडामा सेवा दिनु परेका कारण सबैला नगरपालिकाका वडाहरूको काम अस्तव्यस्त पाइएको छ। वडा सचिवहरूले दिन बिराएर सेवाग्राहीलाई सेवा दिइरहनु परेको छ। सेवाग्राहीहरूलाई कुन वडामा कुन बार सचिव आउने जानकारी नहुँदा निकै सास्ती हुने गरेको छ।

उक्त नगरपालिका– का सचिव कामेशवर महासेठले वडा नं१, २ र ३ वडाको पनि काम गरी रहेका छन्। बहन गरी राखेका छन्।

नगरपालिकाको वडा नं १ मा वडा सचिव भए पनि बाँकी वडामा भने २ देखि ३ वडाको जिम्मेवारी एउटै सचिवले लिनुपर्ने बाध्यता रहेको स्वीकार गर्दै वडा अध्यक्ष बताए । यश विषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संग फाेनमा सम्पर्क गर्ने खाेजदा सम्पर्कमा आउन सकेनन ।

प्रतिक्रिया





Top