शम्भु पण्डित,जनकपुरधाम। मधेश प्रदेशको जिल्ला धनुषामा प्रायः जसो स्वास्थ चौकीहरु समयमा खुल्दैनन खुलेपछि समयमा बन्द गर्दैन ।
जिल्लाको सबैला नगरपालिका वार्ड नं. ३ मा पर्ने प्राथमिक स्वास्थ चौकीमा कर्मचारी, डाक्टरको लापरबाही देखिएको छ।
प्राथमिक स्वास्थ चौकीका प्रमुख डाक्टर राम सिंह मंडल र डा. रामदुलार बस्छन बाकी डाक्टर दिनभर सुतेर समय बिताउने गरेको गुनासो आएको छ।
सरकारले स्वास्थ्य संस्थाहरुलाई थप सेवादायक बनाउने प्रयास गरेपनि कर्मचारी समयमा नआउनु यो रोज-रोजको यिनिहरुको आद्द्त नै भएको देखिन्छ।
यी नगरपालिकाको हेर्ने हो भने प्रत्येक स्वास्थ चौकीमा यस्तै कुनै न कुनै समस्याको गुनासो हेर्न सकिन्छ। प्राप्त औषधि नभएको गुनासो, नयाँ डाक्टरको आगमन पछि दिनभर अस्पतालमा नै मोबाइल चलाएर टाइम पास गर्नु/सुतेर समय बिताउनु, समयमा नआउनु, समयभन्दा पहिला नै कार्यालय बन्द गरेर जानू यी समस्याहरु हेर्न सकिन्छ।
सरकारी नियम अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुनुपर्ने स्वास्थ्य चौकी तर त्यस्तो नहुँदा बिरामीहरुले निकै समस्या खेप्नुपरीरहेको छ ।
स्वास्थ्य चौकीमा स्वास्थकर्मी आउँदा पनि प्रयाप्त औषधि नभएको कारण बिरामीहरु रित्तै घर फर्किनु परेको बाध्यता रहेको पीडितहरु बताउँछन।
यस्तै सबैला नगरपालिकाको पराइजसाे स्वास्थ चौकीको डाक्टरहरुले अस्पतालमा हाजिरी बनाएर दिनभर निजि क्लिनिक वा घरमै बसिरहेको हुन्छ।
सबैला नगरपालिका वाडा नम्बर ३ स्थित रहेको प्राथमिक स्वास्थ चौकी सबैलाको डाक्टरहरु खाजा खानको बहानामा २ र ३ बजेकाे समयमा अस्पतालबाट घर जाने गरेको छ। कामको लागि अस्पताल पुगेको समयमा अस्पताल भित्र राम दुलार डाक्टर ज्यु र रामसिंह मण्डल डाक्टर मात्र देखिएको थिए भित्र ।








प्रतिक्रिया