जनकपुर : नक्कली नोटसहित एक महिला पक्राउ

न्यूज डेस्क     २०८० बैशाख १३, बुधबार ०७:१९ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा प्रहरीले ७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधाक उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनु कुमारी साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहको साथबाट १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकी साहको साथबाट प्रहरीले सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत बरामद गरेको छ ।

प्रतिक्रिया





Top