जनकपुरधाम । धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नं.४ स्थित सडक खण्डमा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको छ ।
बिहिवार दिनको ६ बजे अन्दाजी ४५ वर्षिय एक पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले गन्जी र सेताे सर्ट पैन्ट निला रङ्गको कट्टु लगाएको व्यक्तिको शव फेला परेको बताए ।
घटनास्थलको अनुसन्धान गरी शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको उनले जनाए ।
मृत्युको ठोस् कारण अहिलेसम्म खुल्न नसकेपनि प्रारम्भिक अनुसन्धान जारी छ । यधपि अनुसन्धान प्रक्रियालाई फराकिलो बनाइएको जिल्ला प्रहरी धनुषाले जानकारी दिए ।
निज पुरूष व्यक्तिको लासको हालसम्म सनाखत हुन नसकेकोले उक्त पुरूष व्यक्तिलाई पहिचान गर्ने जोकोहीले यस कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाे सम्पर्क न:- 100, 985-4026090 याे रहेको छ ।








प्रतिक्रिया