जनकपुर : तस्करी राेक्नुपर्ने निरीक्षक नै असुली गर्ने थालेपछि

न्यूज डेस्क     २०८० बैशाख १६, शनिबार १०:२६ बजे मा प्रकासित


जनकपुरधाम । देशको आर्थिक अवस्था भयावह छ । सरकारले कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था आएको मात्रै हाेइन पेन्सन बांड्न नसकेको समाचारहरू पनि आइरहेका छन् । यस्तो अवस्थामा सीमावर्ती क्षेत्रबाट हुने चाेरी तस्करी राेक्नु पर्ने र जतिसक्दो बढी राजश्व संकलन गर्नुपर्ने अवस्था छ ।

सरकारले सीमावर्ती क्षेत्रकाे चाेरी तस्करी नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएको छ । तर यति ठूलो जिम्मेवारी पाएकाे सशस्त्र प्रहरी बलका जिम्मेवार अधिकारीहरू नै चाेरी तस्करी गर्ने तस्करसंग मिलेर रकम असुली तस्करीमा सहयोग गर्ने भए पछि कसरी चाेरी तस्करी नियन्त्रण हुने र राजश्व संकलन हुने ? यहाँ गम्भीर प्रश्न उठेको छ ।
यस्तै घटना जनकपुरधाममा हुदै आएको छ । जनकपुर भन्सार स्थित सशस्त्र प्रहरी बलको बिआेपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक जय बहादुरले चाेरी तस्करीलाई पुरै छुट दिएका छन् ।

 

तस्करीको सामान पक्राउ गर्नु भन्दा पनि उनले तस्करहरूलाई लाइन दिएको आराेप लाग्दै आएको छ । उनको कार्यक्षेत्र जनकपुर उप महानगरपालिका भए पनि निरीक्षक जय बहादुरले सिभिलमा खजुरी देखि फुलगामा सम्म गएर व्यापारी र तस्करहरूलाई भेट्ने गरेको कुरा यहाँका सबै व्यापारीहरूलाई थाहा नभएको हाेइन । भन्सार नजिक रेलवे स्टेशनमा बाेलाएर व्यापारी र तस्करहरूलाई पनि भेटिरहेकाे यहाँका सबै व्यापारीले देखिरहेका छन् । सीमावर्ती क्षेत्रबाट तस्करी गरेर साइकल र पिकअपकाे माध्यमबाट जनकपुर सामान ल्याउने तस्कर संग रेट नै ताेकेर भन्सारकाे सशस्त्र प्रहरीले रकम असुल्ने गरेको छ । साइकलकाे एक हजार र पिकअपकाे कुन सामान हो त्यो हेरेर एक लाख सम्मको रेट सशस्त्र प्रहरीको भन्सारलाई छुट्टाउनु पर्ने अवस्था रहेको काराेवारीहरू नै बताउँछन् ।

धनाैजी स्थित छाेटी भन्सारबाट काराेवार गर्ने तर भन्सार तिरेर सामान ल्याउनेलाई पनि भन्सारको सशस्त्र प्रहरीले रकम असुली गर्न थालेपछि काराेवारीहरू भन्सार तिरेर नल्याई तस्करी गरेर नै ल्याउने गरेको बताउँछन् ।अहिले धनुषाका विभिन्न नाकाबाट तस्करीको लाइन पाउनेहरूमा राजिव महासेठ , सुरेश , शिवनारायण , नरेश , समतुल्ला , वरतुल्ला , उमेश , अयुव , अलाउद्दीन , दिलिप , नाहिम , जितु , रणजित लगायतका छन् ।

प्रतिक्रिया





Top