सर्लाही । सर्लाहीमा साइकलबाट लडेर एक वृद्धको मृत्यु भएका छन ।बिहीबारसाँझ सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ३ बड्कुर्वामा आफैले चलाउँदै गरेको साइकलबाट लडेर चन्द्रनगर–७ नाढीका ७२ बर्षीय पल्टु सिंहको मृत्यु भएको प्रहरीले जनाएका छन् ।
सिंह छोरीलाई भेट्न साइकलले हरिपुर जाँदै गर्दा बडकुर्वा–बबरगंज सडक खण्डमा साइकलबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।
उनका अनुसार मृतक सिंह सडकबाट साइकलसहित करिव ५ फिट तल खेतमा मृत फेला परेका हुन्
प्रहरीले मृतकको शरीरमा अन्य कुनै चोट नदेखिएको जनाउँदै उनको साथबाट नगद ३० बरामद भएको जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया