जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. जनक भट्टराईज्युद्वारा मातहत प्रहरी कार्यालयहरु (जि.प्र.का.-८ र ने.प्र.रा.सु. तथा ट्रा.व्य.का. पथलैया, बारा)लाई भर्चुअल माध्यम (Video Conference) बाट साप्ताहिक समिक्षा तथा निर्देशन सम्बोधन गर्नु भएको छ ।
साप्ताहिक समिक्षा अन्तर्गत गत हप्ता र यस हप्तामा भएका कार्यहरुको समिक्षा गर्नु भएको साथै निर्देशन सम्बोधनको क्रममा वाहाँले भन्सार चोरी निकासीलाई निरुत्साहित गर्ने, सिमानाकामा रहेका प्रहरी युनिटहरुको प्रभावकारी अनुगमन गर्ने, संगठित अपराध तथा अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने, जाली नोट तथा हुण्डी कारोवार नियन्त्रणको प्रभावकारी कार्यान्वयन, विचौलियाहरुको नियन्त्रण, फरार प्रतिवादी पक्राउ, मिटर ब्याज नियन्त्रणलाई प्रभावकारी कार्यान्वयन गर्ने, गुनासो फर्छ्यौट, पेन्डिङ मुद्दा फर्छ्यौट, अवैध मदिरा भट्टि नष्ट, अपराध नियन्त्रणमा प्रविधिको प्रयोगलाई वढावा दिने, ट्राफिक दुर्घट्ना नियन्त्रणका उपायहरु अवलम्बन गरी ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने, नागरिकमैत्री नवप्रवर्तनीय कार्यहरुको थालनी गर्ने साथै प्रहरी आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नभई उच्च मनोवलका साथ त्रुटीरहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ ।








प्रतिक्रिया