मधेशपाटी डेस्क, धनुषा । धनुषाको सबैलामा शनिवार राती हराएको मोटरसाइकल आइतबार दिउँसो खेतमा भेटिएको छ।
सबैला नगरपालिका वाडा नम्बर-११ इनर्वा टोलका स्थानीय राजिन्द्र यादवको मोटरसाइकल चोरी भएको यादवले जनाएको थियो । यादवका अनुसार ज.११ प ५९२३ नम्बरको २२० पल्सर मोटरसाइकल मोटरसाइकल चोरी भएको थिए ।
आफ्नै घरभित्रको आगनमा चावी लगाएको र लक गरेर राखिएको अवस्थाका मोटरसाइकल शनिवार राती १ देखि ३ बजे भित्रमा चोरी भएको यादवले जानकारी दिएको हाे ।
मोटरसाइकल चोरी लगत्तै नजिकको इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएको र प्रहरीले चोरीमा संलग्नको खोजी प्रक्रिया अघि बढाएको थियो । निवेदन दिए लगत्तै आइतबार दिउँसो खेतमा देखापरेको छ यादवले बताए ।
प्रतिक्रिया