घुस काण्ड प्रकरण : वडाध्यक्ष र सचिवउपर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

न्यूज डेस्क     २०८० असार २२, शुक्रबार २२:१५ बजे मा प्रकासित


जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष वुलन यादव र सोही वडाका वडासचिव अमृत नारायण मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

दाहालका अनुसार उनीहरूले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुसर लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

धनुषामा वडाध्यक्ष र वडासचिव ७० हजार घुस रकमसहित अख्तियारको फन्दामा

धनुषामा वडाध्यक्ष र वडासचिव ७० हजार घुस रकमसहित अख्तियारको फन्दामा

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादव र मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरूलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ ।

अनुसन्धानको क्रममा यादव र मिश्रले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय धनुषालाई सिफारिस गरीदिएबापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिएको कुरा पुष्टि भएको अख्तियारले जनाएको छ ।

७० हजार रुपैयाँ बिगो कायम गरी उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया





Top