सर्लाही : त्रिभुवननगरबाट तस्करीमा प्रहरीकै संलग्नता, नाकामा खुल्लेयाम यसरी हुन्छ तस्करी

न्यूज डेस्क     २०८० चैत्र ३०, शुक्रबार १२:४८ बजे मा प्रकासित


सर्लाही । सर्लाहीको त्रिभुवननगर नाकाबाट अहिले केही तस्करहरूको लागि चालू गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल , उप तथा गृहमन्त्री रवि लामिछानेले मात्रै होइन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवंर सम्मले बारम्बार सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न निर्देशन दिए पनि उक्त निर्देशनको कार्यान्वयन भएको छैन । बरू उल्टो त्रिभुवननगर नाकाबाट भने व्यापक तस्करी चलिरहेको छ ।

त्रिभुवननगर नाकाबाट अहिले तस्करीको लाइन पाउनेहरूमा कपडा र हार्डवेयरको काम गर्ने हुसेनी , बिजय , भगतजी कपडा र किराना , बिरेन्द्र र गौरी हार्डवेयर , प्रकाश , लालबाबु रक्सी , बियर , अभिनाष महत्तो किराना , कपडा , भिम , रमेश , राजा खाद्यान्न र मल ,माष्टर साहेव किराना , राधे साह दाना , चामल र धान मुख्य छन् ।

नेपाल प्रहरीको तर्फबाट इप्रका त्रिभुवननगरमा सई दिपेन्द्र राज गिरी प्रमुख छन् । उनको संरक्षण र सेटिङमा यहीँ नाकाबाट तस्करीको लाइन खुलेको स्थानीय बताउँछन् । अब नयाँ आएका एसपी रबिन्द्र बहादुर सिंहले यो नाकाबाट हुन तस्करी नियन्त्रण गर्न सक्ने हो होइनन् त्यो भने हेर्न बांकी नै छ ।

याे पनि पढ्नु हाेला ।

सर्लाही : बलरा नाकाबाट तस्करी गराउँदै असुली धन्दा चलाउँदै

प्रतिक्रिया





Top