हाेटल प्रकरण : यौनधन्दा आरोपमा पक्राउ परेकामध्ये तीन जनाविरुद्ध मुद्दा

न्यूज डेस्क     २०८० आश्विन १०, बुधबार २१:०४ बजे मा प्रकासित


महोत्तरी । महोत्तरीको एक गेष्ट हाउसमा यौन धन्दामा गर्ने गराउने आरोपमा ६ जना पक्राउ परेका छन् । सम्सी गाउँपालिका ६ सम्सी बजारमा संजिव कुमार झाले संचालन गरेको संगम होटल एण्ड गेष्ट हाउसबाट तीनमहिलासहित ६ जना पक्राउ परेका हुन् ।

सम्सी प्रहरीचौकीले खानतलासी गरी गेष्ट हाउस संचालक झासहित ६ जनालाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

हाेटेलमा प्रहरीकाे छापा, संलग्न बालिका र संचालक झा सहित पाँच पक्राउ

उनका अनुसार गेष्ट हाउस संचालक वर्ष ४२ का संजिव, भारत बिहार राज्य जिल्ला सितामढी थाना बेला ग्राम पंचायत मन्पौर वडा नं.६ बस्ने वर्ष २२ का हरिद्वार यादव र ग्राम पंचायत भेरहिया वडा नं.३ बस्ने वर्ष २२ का गुलाब धुनियामाथि मानव वेचविखन तथा ओसार पसार मुद्दा चलाइएको छ ।

महिलाहरुलाई ल्याएर यौनधन्दामा संलग्न गराएको आरोपमा उनीहरुमाथि मुद्दा चलाएको हो । जिल्ला अदालत महोत्तरीबाट पाँचदिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top