महोत्तरीमा बैँकबाट फर्किने क्रममा पैसा लुटने एक लुटेरा झण्डै ‘बाईस’ दिनपछि पक्राउ

न्यूज डेस्क     २०८० कार्तिक २, बिहीबार ०१:३५ बजे मा प्रकासित


गणेश कुमर सिंह ,गौशाला ।  र्ईलाका प्रहरी कार्यालय गौशालाले रकम लुटेको आरोपमा एकजना युवकलाई पक्राउ गरिएको छ । असोज ७ गतेका दिन गौशाला बजारबाट ६ लाख ३६ हजार रुपैयाँ लुटपाटमा सलग्न सर्लाही जिल्ला मलगवा नगरपालिका वडा नम्बर ५ मा डेरा लिई वस्दै आएको २९ बर्षिय रमेश सहनीलाई नियन्त्रणमा लिएको हो ।

याे पनि पढ्नु हाेला !

बैंकबाट पैसा झिकेर फर्किने क्रममा ६ लाख पचास हजार रुपैयाँ लुटियो

प्रहरी निरीक्षक मनोजकुमार यादवले दिएको जानकारी अनुसार सहनीले गौशाला नगरपालिका ११ भरतपुरखोरका सुर्जकला देवी महतोको साथबाट सो रकम लुटिएको आरोपमा पक्राउ गरिएको हो । सहनीलाई गौशाला नगरपालिका वडा नम्बर ७ को सीमामा पर्ने वाँके खोलाबाट नियन्त्रणमा लिएको हो । ओखलढुगाबाट शम्भु महतोले पठाएको सो रकम गौशालास्थित एनआईसी एसिया वैकबाट निकालिएर घरतर्फ जाने क्रममा सहनीले रकम लुटिएको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन् ।

अल्फावेटिकल खुल्न नसकेको ७०५९ नम्बरको मोटरसाईकलमा रकम खोसी भागेको दृश्य सिसिटीभीमा कैद भएको र सो क्रममा अनुसन्धान गर्दा उनलाई पक्राउ गर्न सफल भएको यादवले बताए । प्रहरी नियन्त्रणमा रहेको सहनीउपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया





Top